+
+

चितवनका विभिन्न स्थानमा भारी वर्षा, दिउँसोसम्मै सतर्कता अपनाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते ११:४४

१२ असार, काठमाडौं । चितवनका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले चितवनका खोला तथा नदीहरुमा बाढी आउने चेतावनी जारी गरेको छ ।

महाशाखाका अनुसार चितवनको माडीस्थित कल्याणपुर वर्षा मापन केन्द्र र आसपासमा पछिल्लो ३ घण्टामा १०४ मिलिमिटर वर्षा भएको छ । यसैगरी चर्चरेमा १०० मिलिमिटर वर्षा मापन भएको छ ।

गोविन्द बस्तीमा ७४.८, कालीखोलामा ३१.४, ठोरीमा २४.८ र रामपुरमा २४.६ मिलमिटर वर्षा मापन भएको छ ।

बाढी पूर्वानुमान महाशाखाले रिउखोला र यसका सहायक नदीहरूमा आकस्मिक बहावको सम्भावना देखिएकोले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा सतर्कता अपनाउन भनेको छ ।

ती स्थानमा थप वर्षा हुने सक्ने भएकाले दिउँसोसम्मै सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

जेठ २८ गते कोशी प्रदेशमा भित्रिएको मनसुन थप सक्रिय हुँदै गएपछि प्राय सबैजसो प्रदेशहरूमा वर्षा भइरहेको छ । पानी पार्ने बादल विकसित भइरहेकाले थप वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?