+
+

नास्ट र उपत्यका विकास प्राधिकरणबीच वैज्ञानिक सहकार्य सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते ११:५१

१२ असार, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र काठमाडौं उपत्यका विकास प्राधिकरणबीच वैज्ञानिक सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

पाँच वर्षको लागि भएको उक्त समझदारीमा विश्वव्यापी जलवायु परिवर्तनसँग अनुकूलित हुनका लागि पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनका उपायहरुको उपायहरूको फलदायी प्रयोग गर्ने उल्लेख छ ।

प्राधिकरणले ‘अर्बन इबिए’ परियोजना अन्तर्गत नास्टसँग सम्झौता गरेको नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले जानकारी दिएका छन् ।

प्राधिकरणले नास्ष्टसँगको सहकार्यमा विभिन्न वातावरणीय अनुसन्धानमा आधारित कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।

उक्त समझदारी पत्रमा नास्टकोतर्फबाट उकुलपति प्रा.डा. दिलीप सुब्बा र प्राधिकरणको तर्फबाट विकास आयुक्त जानुका ढकालले हस्ताक्षर गरेका हुन् ।

नास्टका उपकुलपति प्रा. डा. दिलीप सुब्बाका अनुसार अहिले संसार भर दिगो शहरी विकासलाई महत्व दिएर काम गर्न थालिएको छ । यसको उपाय स्वरुप नवीकरणीय ऊर्जा, सूचना प्रविधि, कृत्रिम बौद्धिकता, प्रविधिमैत्री शहरी कृषि प्रणालीको सहरी विकासको लागि उपयोग गर्न थालिएको उनले बताए ।

नास्टका सचिव डा. रवीन्द्र प्रसाद ढकालले यस समझदारीले प्राज्ञिक संस्था र नेपाल सरकार निकायहरू बीच पनि वैज्ञानिक सहकार्यको परम्पराको थालनी भएकोल बताएका छन् ।

प्रवक्ता ढुंगेलका अनुसार समझदारी पत्र सम्बन्धीको परियोजनाको लागि छुट्टै कार्य सम्झौता गरी अनुसन्धान परियोजना अगाडि बढाइने छ । उक्त परियोजना सञ्चालनका लागि नास्टलाई काठमाडौं उपत्यका विकास प्राधिकरणले १ लाख २३ हजार अमेरिकी डलर उपलब्ध गराउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?