+
+

राष्ट्रपतिसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते ११:५६

१२ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ उपविदेशमन्त्री सुन वेडोङ्ग नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

भेटका अवसरमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीनले झण्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवादसमेत दिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

चिनियाँ उपविदेशमन्त्री तीन दिने भ्रमणका लागि १० असारमा काठमाडौं आएका थिए । उनी नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा सहभागी भएका थिए । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता पनि गरेका थिए ।

चिनियाँ उपविदेशमन्त्री नेतृत्वको टोली आजै स्वदेश फर्किसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?