+

चारदेशीय महिला फुटबलका लागि नेपाली टोली घोषणा, नेपालको पहिलो खेल जोर्डनसँग

२०८१ असार  १२ गते १३:०७ २०८१ असार १२ गते १३:०७
चारदेशीय महिला फुटबलका लागि नेपाली टोली घोषणा, नेपालको पहिलो खेल जोर्डनसँग

१२ असार, काठमाडौं । लेबनानमा सञ्चालन हुने चार देशीय महिला फुटबल प्रतियोगिताको लागि नेपाली टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट २२ जनाको अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

बन्द प्रशिक्षणमा रहेकामध्ये डिफेण्डर प्रतीक्षा चौधरी, मिडफिल्डर सरस्वती हमाल र फरवार्ड चन्द्रा भण्डारी अन्तिम टोलीमा अटाउन सकेनन् ।

एन्जिला तुम्बापो सुब्बाको कप्तानी रहेको नेपाली टोलीको गोलकिपरमा तुम्बापोसँगै अञ्जना राना मगर र उषा नाथ छन् ।

डिफेन्डरमा अमृता जैसी, गीता राणा, हिराकुमारी भुजेल, विमला विक, निशा ठोकर, पूजा राना र समीक्षा घिमिरे छन् ।

मिडफिल्डरमा रेणुका नगरकोटी, सरु लिम्बू, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रिती राई, अमिषा कार्की र विमला चौधरी रहेका छन् ।

फरवार्डमा सावित्रा भण्डारी, रेखा पौडेल र रश्मीकुमारी घिसिङ छन् ।

पहिलो खेल जोर्डनसँग

लेबनान फुटबल संघको आयोजनामा चार देशीय प्रतियोगिता आगामी जुलाई १० देखि १६ (असार २६ देखि साउन १० गतेसम्म) सम्म सञ्चालन हुँदैछ । जसमा नेपालसँगै आयोजक लेबनान, जोर्डन र बंगलादेश सहभागी छन् ।

जोर्डन वाफ वुमन्स च्याम्पियनसिपको विजेता टोली हो भने बंगलादेश साफ वुमन्स च्याम्पियनसिपको बिजेता हो । नेपाल भने यी दुवै प्रतियोगितामा उपविजेता बनेको थियो ।

चारदेशीय कपको पहिलो खेलमा नेपालले असार २६ अर्थात जुलाई १० मा जोर्डनसँग खेल्नेछ । नेपालका लागि जोर्डनसँग बदला लिने अवसर समेत छ । गत चैतमा साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग नै पराजित भएको थियो ।

यस्तै नेपालले जुलाई १३ (असार २९ गते) मा बंगलादेश र जुलाई १६ (साउन १ गते) मा लेबनानसँग खेल्नेछ । नेपालले वाफ च्याम्पियनसिपको सेमिफाइनलमा लेबनानलाई पराजित गरेको थियो ।

फुटबल महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय