+
+

‘इन्डियन २’ को ट्रेलरमा कमल हसनको भरमार एक्सन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते १३:१५

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार कमल हसन स्टारर फिल्म ‘इन्डियन २’ को ट्रेलर सार्वजनिक भएको छ । एस शंकर निर्देशित फिल्मको ट्रेलर कमल हसनको एक्सन-प्याक दृश्यले भरिपूर्ण छ ।

यो फिल्ममा उनले एक स्वतन्त्रता सेनानीको भूमिका निर्वाह गरेका छन् । यो सन् १९९६ मा रिलिज भएको तमिल फिल्म ‘इन्डियन’ को सिक्वेल हो, जसलाई हिन्दीमा ‘हिन्दुस्तानी’ नाम राखिएको छ ।

फिल्ममा सिद्धार्थ, रकुल प्रीत सिंह, काजल अग्रवाल, एस जे सूर्या, प्रिया भवानी शंकर, नेदुमुदी वेणु, विवेक. कालीदास जयराम, गुल्सन ग्रोवर, समुथिरकानी, बबी सिन्हा लगायतले अभिनय गरेका छन् । लाइका प्रोडक्सन र रेड जाइन्ट मुभिजले निर्माण गरेको फिल्म ‘इन्डियन २’ आगामी १२ जुलाईमा विश्वव्यापी रिलिज हुँदैछ । मूलत: तमिल भाषाको यो फिल्म हिन्दी र तेलुगूमा पनि रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?