+

कोशीलाई सोझो सेटमा हराउँदै बागमती फाइनलमा

२०८१ असार  १४ गते १६:४० २०८१ असार १४ गते १६:४०
कोशीलाई सोझो सेटमा हराउँदै बागमती फाइनलमा

१४ असार, काठमाडौं । कोशी प्रदेशलाई सोझो सेटले पराजित गर्दै बागमती प्रदेश प्रथम साहना प्रधान यू१९ महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बागमतीले २५-१८,२५-६र २५-९ले पराजित गरेको हो ।महिला तर्फको फाइनलमा बागमती र लुम्बिनीले प्रतिस्पर्धा गर्ने भएको छ ।
पुरुष तर्फ पनि आज २ सेमिफाइनल हुनेछ ।

दिउँसो ३बजे गण्डकी प्रदेश र सुदूरपश्चिम खेलिरहेका छन् भने दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

फाइनल खेल शनिबार हुनेछ ।

राष्ट्रिय परिचयपत्र
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय