१४ असार, काठमाडौं । कोशी प्रदेशलाई सोझो सेटले पराजित गर्दै बागमती प्रदेश प्रथम साहना प्रधान यू१९ महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
बागमतीले २५-१८,२५-६र २५-९ले पराजित गरेको हो ।महिला तर्फको फाइनलमा बागमती र लुम्बिनीले प्रतिस्पर्धा गर्ने भएको छ ।
पुरुष तर्फ पनि आज २ सेमिफाइनल हुनेछ ।
दिउँसो ३बजे गण्डकी प्रदेश र सुदूरपश्चिम खेलिरहेका छन् भने दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।
फाइनल खेल शनिबार हुनेछ ।
प्रतिक्रिया 4