+

कर्णालीलाई हराउँदै लुम्बिनी सेमिफाइनलमा

२०८१ असार  १२ गते १३:४५ २०८१ असार १२ गते १३:४५
कर्णालीलाई हराउँदै लुम्बिनी सेमिफाइनलमा

१२ असार, काठमाडौं । पहिलो सहाना प्रधान यू १९ महिला तथा पुरुष भलिबल प्रतियोगितामा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरेको छ ।

लुम्बिनीले कर्णालीलाई २५–१३, २५–१४ र २५–१६ मा हराएको हो । यससँगै समूह ए बाट सेमिफाइनल प्रवेश गर्ने दुवै टिमको टुंगो लागिसकेको छ ।

पहिलो खेलमा लुम्बिनीले मधेश प्रदेशलाई ३–० ले पराजित गरेको थियो । कोशीले भने सोमबार मधेश प्रदेश र मंगलबार कर्णाली प्रदेशलाई हराउँदै सेमिफाइनल यात्रा तय गरिसकेको छ ।

आजको खेलमा लुम्बिनीसँग पराजित भएसँगै कर्णाली र मधेश प्रदेश भने प्रतियोगिताको उपाधि दौडबाट बाहिरिसकेका छन् ।

पुरुषतर्फ आज बागमती र कर्णालीको खेल ३ बजे र गण्डकी र लुम्बिनी बीचको खेल ५ बजे हुनेछ ।

खेलकुद भलिबल सहाना प्रधान भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय