+

बागमतीसँग पराजित भएसँगै सुदूरपश्चिम बाहिरियो, सेमिफाइनल समीकरण पूरा

२०८१ असार  १२ गते १४:१६ २०८१ असार १२ गते १४:१६
बागमतीसँग पराजित भएसँगै सुदूरपश्चिम बाहिरियो, सेमिफाइनल समीकरण पूरा

१२ असार, काठमाडौं । बागमती प्रदेशसँग ३–० को सोझो सेटले पराजित हुँदै सुदूरपश्चिम प्रदेशको महिला टिम पहिलो सहाना प्रधान यू १९ भलिबल प्रतियोगिताबाट बाहिरिएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा बागमतीले सुदूरपश्चिमलाई २५–१६, २५–१० र २५–६ ले हराएको हो ।

यससँगै समूह बी बाट बागमती प्रदेश समूह विजेता र गण्डकी प्रदेश उपविजेताको रूपमा सेमिफाइनल खेल्नेछन् ।

आज भएको समूह ए अन्तर्गतको खेलमा कर्णाली प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेश पनि सेमिफाइनल पुगिसकेको छ ।

त्यस्तै समूह ए बाट कोशी प्रदेश पनि सेमिफाइनल प्रवेश गरिसकेको छ । आज पुरुषतर्फ बागमती प्रदेश र कर्णाली प्रदेश दिउँसो ३ बजे भिड्नेछन् भने ५ बजे गण्डकी र लुम्बिनीबीच खेल हुनेछ ।

सहाना प्रधान यू १९ भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय