
१२ असार,काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ देखि सार्वजनिक सडकमा पार्किङ गर्न नदिने भएको छ ।
‘महानगर क्षेत्रभित्र सार्वजनिक सडकमा सवारीसाधन पार्किङ सञ्चालन गर्न अनुमति दिइने छैन,’ महानगरले ल्याएको आर्थिक ऐनमा उल्लेख छ ।
यस्तै सार्वजनिक निकायको जग्गामा समयानुकूल सवारीसाधन पार्किङ सुविधा उपलब्ध हुने गरी दुवै पक्षको समन्वय तथा समझदारीमा सञ्चालन गरिने ऐनमा उल्लेख छ ।
काठमाडौं महानगरले सञ्चालन गरेको सवारीसाधन पार्किङ क्षेत्रमा पहिलो दुई घण्टाका लागि सबै प्रकारका सवारीसाधन पार्किङ गरे बापत् शुल्क नलाग्ने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4