+
+

२०६० अंकमा झर्‍यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते १५:१२

१२ असार, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ११.६० अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०६० अंकमा कायम भएको छ । कारोबार रकममा सामान्य गिरावट आएको छ । अघिल्लो दिन ४ अर्ब १८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडमा खुम्चिएको छ ।

५७ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने ३ को स्थिर रह्यो । अधिकांश क्षेत्रगत सूचक घटेका छन् । बैंकिङ ७, विकास बैंक ४२, होटल तथा पर्यटन १५, जीवन बीमा ६१, उत्पादन १०, माइक्रोफाइनान्स २२, निर्जीवन बीमा ३६ तथा अन्य समूह ९ अंक घटे । ब्यापार ६ तथा फाइनान्स समूहको सूचक भने ११ अंक घटे ।

नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै ९.५ प्रतिशत बढ्यो । शिवश्री हाइड्रोपावरको ७.२, गणपति लघुवित्तको ७.१, मुक्तिनाथ कृषि कम्पनीको ६.५, स्वाभिमान लघुवित्तको ५.१ प्रतिशतले मूल्य बढ्यो ।

साधना लघुवित्तको ६.३, हिमालय ऊर्जा विकास कम्पनीको ५.२, मिडसोलु हाइड्रोको ४.२ तथा सामलिङ पावरको ४.१ प्रतिशतले मूल्य घट्यो ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, गुडविल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, ग्लोबल आईएमई लघुवित्त तथा पोखरा फाइनान्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?