+
+

चट्याङ लागेर कपिलवस्तुमा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते १५:२२

१२ असार, बुटवल । चट्याङ लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको यशोधरा गाउँपालिका- ८ भैसहियाका २२ बर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका-१० धनकौलीका अन्दाजी १८ बर्षीय राजु ठाकुरको चट्याङ लागेर मृत्यु भएको हो ।

बुधबार बिहान दुवै जनालाई खेतमा जाने क्रममा चट्याङ लागेको थियो । चट्याङ लागेका दुबैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

मृतकको शव कपिलवस्तु अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?