+
+

आचरणको गुनासो आएपछि २१० प्रहरी कर्मचारीको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते १५:३७

१२ असार, काठमाडौं । आचरणसम्बन्धी गुनासो आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवल्दारसम्मका २१० प्रहरी कर्मचारीको एकैपटक सरुवा गरेको छ ।

सेवाग्राहीबाट आचरण र अनुशासनको गुनासो आएको र कार्यसम्पादन समेत चुस्त नभएको भन्दै परिसरले २१० जनाको सरुवा गरेको हो ।

परिसर स्रोतका अनुसार काठमाडौंका वृत्तहरूमा खटिएका प्रहरी जवानदेखि सहायक हवल्दार, हवल्दार र वरिष्ठ हवल्दार गरी २१० जनाको सरुवा गरिएको हो ।

६ महिनाभन्दा बढी समय एउटै कार्यालयमा बसेकाहरूको सरुवा गरिएको परिसरका एक अधिकृतले बताए । ‘लामो समयसम्म एउटै युनिटमा बस्दा कार्यसम्पादनमा समेत असर पर्ने र केही सेवाग्राहीको गुनासो आएकाले सरुवा गरिएको हो,’ ती अधिकृतले भने ।

पछिल्लो समय काठमाडौंका वृत्तहरूमा खटिएका केही प्रहरी कर्मचारी अपराधमा संलग्न हुने गरेको समेत पाइएकाले सरुवा गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?