+
+

ट्राफिक प्रहरी हत्या आरोपमा पक्राउ परेका ६ जना जेल चलान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते १५:३७

१२ असार, काठमाडौं । प्रहरी वृत्त दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये ६ जना थुनामा गएका छन् ।

ट्राफिक हत्या आरोपमा कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाइएका ७ जना मध्ये ६ जना थुनामा गएका छन् । एक जना भने १६ वर्षभन्दा कम उमेरको रहेकाले परिवारको जिम्मा लगाउन काठमाडौं जिल्ला अदालतले आदेश जारी गरेको छ ।

हत्या आरोपमा भक्तपुरको चाँगुनारायण–१ घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ बिजारी चौतारी घर भएकी ५६ वर्षीया नुनमाया काकर्की, उनकी छोरी २१ वर्षीया बिपना र बसन्ती भनिने बसुन्धरा कार्की, नुवाकोटको तादी गाउँपालिका–४ ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ छन् ।

त्यस्तै सिन्धुपाचोकको इन्द्रावती गाउँपालिका–१ घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङलाई पुर्पक्षका लागि अदालतले आदेश दिएसँगै कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

त्यसैगरी १७ वर्ष मात्रै पूरा भएकी अर्की एक किशोरीलाई भने बाल सुधार गृहमा पठाइएको छ । १३ वर्षका अर्का एक बालकलाई परिवारको जिम्मा लगाउन आदेश आएकाले परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

खोटाङको मझुवागढी घर भएका ३२ वर्षीय ट्राफिक घिमिरेको ३ जेठमा हत्या भएको थियो । टोखा नगरपालिका–१० गोंगबु गणेशस्थान बस्ने घिमिरेको शव तारकेश्वर नगरपालिका–९ मनमैजु बासुकी नाग टोलस्थित जोनस भनिने दामोदर खत्रीको निर्माणाधीन घरको नजिक भेटिएको थियो ।

निर्माणाधीन दुई तले घरमा हत्या गरी घर बाहिर फालेर कालो म्याट्रेसले छोपिएको थियो । ट्राफिक प्रहरीको पोशाक र बुट भने जलाइएको अवस्थामा भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?