
१२ असार, काठमाडौं । स्रोत नखुलेको २० लाख ४० हजार रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कामनपा १२ ब्रम्हटोलबाट भारत मोतीपुर घर भएका एक व्यक्तिलाई प्रक्राउ गरेको हो ।
ब्रम्हटोलमा रहेको प्रतिक इन्टरप्राइजेजमा खानतलासी गर्दा स्रोत नखुलेको रकम भेटिएको प्रहरीको भनाइ छ ।
उनलाई पक्राउ गरेर अनुसन्धान गर्दा प्रतिबन्धित क्रिप्टो करेन्सीमा ६ करोड २६ लाख कारोबार गरेकोसमेत देखिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4