+

हारसँगै बाहिरियो कर्णाली, बागमती सेमिफाइनलमा

२०८१ असार  १२ गते १६:५३ २०८१ असार १२ गते १६:५३
हारसँगै बाहिरियो कर्णाली, बागमती सेमिफाइनलमा

१२ असार, काठमाडौं । बागमती प्रदेशसँग हारेसँगै प्रथम सहाना प्रधान यू १९ भलिबल प्रतियोगिताबाट कर्णाली प्रदेशको पुरुष टिम बाहिरिएको छ ।

बागमती भने यो जितसँगै सेमिफाइनल प्रवेश गरेको छ । बुधबारको खेलमा बागमतीसँग ३०–२८, २५–२३ र २५–१७ ले कर्णालीले हार बेहोरेको हो ।

पहिलो खेलमा सुदूरपश्चिमसँग ३–१ सेटले पराजित भएको कर्णाली दोस्रो हारसहित प्रतियोगिताबाट बाहिरिएको हो ।

बागमतीले पहिलो खेलमा मधेश प्रदेशलाई ३–१ सेटले हराएको थियो । आजको अन्तिम खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच हुनेछ ।

जसमा आज सोझो सेट वा ३–१ को सेटमा लुम्बिनीले गण्डकीलाई हराए सेमिफाइनल पुग्नेछ । त्यस्तै गण्डकी भने आजको खेल जितेमा वा ३–२ को सेटमा पुगेर १ अंक नै पाएको खण्डमा पनि सेमिफाइनल पुग्नेछ ।

समूह बी मा लुम्बिनी, कोशी र गण्डकी रहेका छन् । जसमा कोशीले पहिलो खेलमा लुम्बिनीलाई ३–२ सेटले पराजित गर्दै २ अंक जोडेको छ ।

त्यस्तै दोस्रो खेलमा भने गण्डकी प्रदेशसँग ३–१ सेटले हारेको हो । कोशीसँग २ अंक छ ।

जसका कारण आज लुम्बिनीले खेल हारेको खण्डमा कोशी सेमिफाइनल पुग्नेछ । लुम्बिनी भने पहिलो खेलमा ३–२ को हार बेहोर्दा १ अंक मात्रै बटुल्न सफल भएको छ ।

त्यसैले सेमिफाइनल पुग्न लुम्बिनीले आज ५ सेट खेलेर जितेको खण्डमा ३ अंकसहित सेमिफाइनल पुग्न सक्छ ।

महिलातर्फ भने सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ए बाट कोशी प्रदेश र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरेका छन् । समूह बी बाट गण्डकी र बागमती सेमिफाइनल प्रवेश गरेका छन् ।

सहाना प्रधान यू १९ भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय