+
+

ग्लोबल आईएमई बैंकले ३ अर्ब ३२ करोड वैदेशिक ऋण भित्र्याउँदै

साना व्यवसाय एवम् जलवायु प्रतिरोधात्मक क्षमता वृद्धिमा परिचालन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते १७:५२

काठमाडौं । ग्लोबल आईएमई बैंकले ३ अर्ब ३२ करोड ५० लाख (२ करोड ५० लाख अमेरिकी डलर) वैदेशिक ऋण भित्र्याउने भएको छ । बैंकले ओपेक फन्डमार्फत उक्त ऋण भित्र्याउने भएको हो । जसका लागि फन्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बैंकका अनुसार यो ऋण लघु, साना तथा मझौला उद्यमहरूलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण र महिलामार्फत सञ्चालित व्यवसायहरूको क्षमता अभिवृद्धि गर्न परिचालन गरिनेछ ।

बैंकका अनुसार लघु, साना तथा मझौला उद्यमको संख्या नेपालमा दर्ता कुल व्यवसायको ९५ प्रतिशतभन्दा बढी रहेको छ भने यसले ४५ प्रतिशतभन्दा धेरै रोजगारी सृजना गरेको छ । यसका बाबजुद, लघु, साना तथा मझौला उद्यमले लगानीको ठूलो अभाव झेलिरहेका छन् ।

नेपालमा लघु, साना तथा मझौला व्यवसाय र जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी परियोजनालाई सुदृढ बनाउन ग्लोबल आईएमई बैंकसँग साझेदारी गर्न पाउँदा खुसी लागेको फन्डका अध्यक्ष अल्खलिफा बताए ।

यी क्षेत्रहरू दिगो आर्थिक वृद्धि र जलवायु परिर्वतनको प्रतिरोधात्मक क्षमताका लागि निकै महत्वपूर्ण हुने उनले बताउ ।
यस ऋणले लगानीको अभाव सामना गरिरहेका विभिन्न क्षेत्रमा वित्तीय पहुँच बढाउँदै समावेशी विकासलाई प्रवद्र्धन गर्ने अल्खलिफाको विश्वास छ ।

सम्झौताले दिगो विकास लक्ष्य हासिल गर्न र जलवायु तथा लैंगिक वित्तमार्फत त्यस क्षेत्रमा देखिएको स्रोतको अभावलाई परिपूर्ति गर्न महत्वपूर्ण सहयोग गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बताए ।

नेपालमा हरित ऊर्जा क्षेत्रको स्रोत अभावलाई सम्बोधन गर्दै महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?