
१२ असार, काठमाडौं । स्याङ्जामा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ ।
बुधबार दिउँसो साढे ११ बजे स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ पुतलीखेतमा आँधीखोलाले बगाउँदा स्थानीय ३५ वर्षका सूर्य भण्डारीको मृत्यु भएको हो ।
उनलाई खोलाले बगाएको थाहा पाउनासाथ प्रहरी खोजतलास गर्न पुगेको थियो ।
तर पौने ३ बजे ८/९ सय मिटर तल आँधीखोलामै उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4