+
+

अफलाइन एयरलाइन्सबाट कर असुल्न विभागले दियो बैंक खाता

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते १८:४०

१२ असार, काठमाडौं । सरकारले नेपालबाट उडान सुरु नगर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी (अफलाइन एयरलाइन्स) बाट मूल्य अभिवृद्धि कर असुल गर्दैछ । आर्थिक विधेयक २०८१ मा यस्तो प्रावधान समेटिएको छ । सो प्रयोजनका लागि आन्तरिक राजस्व विभागले नेपाल राष्ट्र बैंकमा खाता खोलेको छ ।

नयाँ प्रावधान अनुसार विदेशी वायुसेवा कम्पनीहरूले अब विदेशबाटै सो खातामा भ्याट दाखिला गर्नुपर्ने हुन्छ । सरकारले चालु आर्थिक वर्षबाट हवाई भाडामा भ्याट असुल गर्न थालेको थियो ।

आर्थिक विधेयकमार्फत नयाँ नियम ल्याउँदै अब नेपालबाट उडान नगर्ने तर नेपालबाट गएको यात्रुलाई तेस्रो गन्तव्यमा पुर्‍याउने वायुसेवा कम्पनीले समेत नेपालमा भ्याट तिर्नुपर्ने नियम ल्याइएको छ ।

विभागका अनुसार खातामा रकम पठाउन लाग्ने शुल्क करदाता स्वयंले तिर्नुपर्ने समेत नियम छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?