+
+

लामखुट्टे मार्न बुद्धनगरका सडकमा छरियो क्लोरिन पाउडर

आर्यन धिमाल आर्यन धिमाल
२०८१ असार १२ गते १८:४१

१२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं १० कार्यालयले लामखुट्टे नष्ट गर्न भन्दै सडक छेउछाउमा क्लोरिन पाउडर छर्न थालेको छ ।

२० जना स्वास्थ्य स्वयंसेविकाको टोलीले ३ दिनदेखि १० नम्बर वडाका विभिन्न स्थानमा क्लोरिन पाउडर छरिरहेको छ ।

वडा कार्यालयका अब ७ दिनसम्म वडाभित्रका सडक छेउछाउ, गल्ली र घाँस पलाएको ठाउँमा पाउडर छर्ने कार्यक्रम छ । यस्तै लामखुट्टेको बासस्थान हुने क्षेत्र र पानी जम्ने स्थानमा पनि पाउडर हाल्ने स्वास्थ्य स्वंसेविकाहरुले बताएका छन् ।

गर्मी र वर्षासँगै बढेको लामखुट्टेका कारण डेंगु फैलिन सक्ने जोखिम भएको भन्दै वडा कार्यालयले पाउडर छर्न थालेको हो । बुधबार नयाँ बानेश्वर, बुद्धनगर, शंखमुल क्षेत्रमा क्लोरिन छरिएको छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?