+

गण्डकीलाई हराउँदै लुम्बिनी सेमिफाइनलमा

२०८१ असार  १२ गते १८:४९ २०८१ असार १२ गते १८:४९
गण्डकीलाई हराउँदै लुम्बिनी सेमिफाइनलमा

१२ असार, काठमाडौं । प्रथम सहाना प्रधान यू १९ भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै लुम्बिनी सेमिफाइनल प्रवेश गरेको छ ।

गण्डकीलाई लुम्बिनीले २५–१७, २५–२१ र २५–२१ ले पराजित गरेको हो ।

गण्डकीले हारे पनि समूह बी को उपविजेताको सेमिफाइनल पुगेको छ । लुम्बिनी ४ अंकसहित समूह विजेता बनेको छ ।

पहिलो खेलको ३ अंक जोडेका कारण हारका बाबजुत पनि गण्डकी सेमिफाइनल पुगेको हो । कोशी भने २ अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।

यससँगै पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । जसमा समूह ए बाट सुदूरपश्चिम र बागमती तथा समूह बी बाट लुम्बिनी र गण्डकी प्रदेशले सेमिफाइनल खेल्ने भएका छन् ।

महिलातर्फ समूह ए बाट कोशी प्रदेश र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरेका छन् । समूह बी बाट गण्डकी र बागमती सेमिफाइनल पुगेका छन् ।

सहाना प्रधान यू १९ भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय