+
+

फेवातालमा माछा मार्ने क्रममा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते १९:०५

१२ असार, पोखरा । पोखराको फेवातालमा डुबेर बुधबार एक जनाको मृत्यु भएको छ ।

दिउँसो पौने ५ बजे पोखरा महानगरपालिका-१८ खपौंदीमा फेवातालमा माछा मार्ने क्रममा बागलुङ घर भएका ३३ वर्षका सुकबहादुर मगरको मृत्यु भएको हो ।

उनी फेवातालमा डुबेको खबर पाउनासाथ वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बलको टोली उद्धारका लागि पुगेको थियो ।

५ बजेर २१ मिनेटमा उनलाई उद्धार गरेर पश्चिम क्षेत्रीय अस्पताल पठाएको र उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?