+
+

उत्तरपुस्तिका हराउनेलाई कारबाही माग गर्दै अखिल समाजवादीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते १९:१८

१२ असार, काठमाडौं । अखिल समाजवादी विद्यार्थी संगठनले उत्तरपुस्तिका हराउन भूमिका रहेका त्रिविका कर्मचारीहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।

संगठनले उत्तरपुस्तिका हराएको सम्बन्धमा बनेको उच्चस्तरीय छानबिन समितिले सिफारिस गरेको व्यक्तिहरूलाई कारबाही गर्न माग गरेको हो ।

योजनाबद्ध ढंगले उत्तरपुस्तिका गायब पार्ने कार्य भइरहेको आरोप लगाउँदै संगठनले संलग्न भनिएका त्रिविका परीक्षा नियन्त्रक लगायत गैरजिम्मेवार कर्मचारीलाई कारबाहीको लागि प्रदर्शनका साथै उपकुलपतिलाई ज्ञापन पत्रसमेत बुझाएको छ ।

२०८० वैशाखमा भएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय (कोड नम्बर ४२२) र शिक्षाशास्त्र संकायतर्फको शिक्षाको आधार (कोड नम्बर ४१२) का उत्तरपुस्तिकाहरू हराएका थिए ।

नतिजा सार्वजनिक गर्ने बेला उत्तरपुस्तिका नभेटिएपछि परीक्षा समितिले छुट्टै छानबिन समिति गठन गरेको थियो ।

समितिले प्रतिवेदन बुझाइसकेको भए पनि कार्यकारी परिषद्ले त्रिविका पूर्वरजिष्ट्रार प्रा. डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

उक्त समितिले छानबिन गरी कारबाहीको लागि सिफारिस गरेको व्यक्तिहरूलाई तत्काल पदबाट बर्खास्त गरी कारबाही गर्न विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण गराएको संगठनका केन्द्रीय उपाध्यक्ष ललित सीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?