+
+

राजमतीलाई पहिलो पटक समेट्दै एसिया कप खेल्ने नेपालको टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते २०:३२

१२ असार, काठमाडौं – युवा अलराउण्डर राजमित ऐरीलाई पहिलो पटक समेट्दै नेपालले अर्को महिना श्रीलंका हुने एसीसी वुमन्स एसिया कप टी२० क्रिकेट प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । स्टार अलराउण्डर दीपेन्द्रसिंह ऐरीको बहिनी राजमतिले नेपाल एपीएफबाट घरेलु क्रिकेट खेल्दै ब्याटिङ र बलिङमा राम्रो प्रभाव छाड्दै आएकी छिन् । बायाँ हाते ब्याटर उनले ओपनिङ, मध्यक्रम र मध्य गतिमा बलिङ गर्ने गर्दछिन् ।

इन्दु बर्माको कप्तानीमा घोषणा टोलीमा दुई अनुभवी अलराउण्डर सीता र रुविना टोलीमा छन् । तीव्र गतिकी बलर सबनम राई र स्पिनर कृतिका मरासिनीले टोलीमा पूनरागमन गरेका छन् । वुमन्स एसिया कप १९ देखि २८ सम्म श्रीलंकामा हुनेछ ।

नेपालको समूह ए मा भारत, नेपाल, पाकिस्तान र यूएई छन् । समूह बी मा बंगलादेश, मलेसिया, श्रीलंका र थाईल्यान्ड छन् । नेपालले १९ जुलाईमा यूएईसँग खेल्दै सुरुवात गर्नेछन् ।

नेपालको टोली :

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, विन्दु रावल, कविता कुँवर, पुजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमति ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?