+
+

नेपाल शाओमीको प्रिमियम बजार हो : कन्ट्री म्यानेजर मानस्वी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते २०:३४

काठमाडौं । शाओमी स्मार्टफोनले नेपाली बजार प्रवेश गरेको ६ वर्ष लागेको छ । यी आधा दर्जन वर्षमा शाओमीले विभिन्न उतारचढाव अनुभव गरिसकेको छ ।

तर, नेपाली बजार प्रवेश गरेको दुई वर्षमै शाओमी ‘सबैभन्दा मन पराइएको’ स्मार्टफोन ब्रान्ड बन्न सफल भएको कम्पनीले दाबी गरेको छ । यही दाबीलाई अझै उचाइमा लैजान शाओमीले उत्कृष्ट फिचरसहित विभिन्न सिरिजका स्मार्टफोन नेपाली उपभोक्तामाझ उपलब्ध गराइरहेको छ ।

नेपाली बजारमा हालसम्म बनेको पकड कायम राख्न शाओमीले नेपालका लागि मनु मानस्वीलाई नयाँ कन्ट्री म्यानेजरको जिम्मेवारी दिएको छ ।

‘हामीले पहिलो दुई वर्षमै नेपालमा प्राप्त गरेको स्थानलाई निरन्तरता दिन हाम्रा पोर्टफोलियोमा स्मार्टफोन बाहेक एसेसरिज, स्मार्ट होम प्रडक्ट, टेलिभिजन, मनिटर र ल्यापटप उपलब्ध गराउन थालेका छौं,’ शाओमीका नवनियुक्त कन्ट्री म्यानेजर मानस्वीले अनलाइनखबरसँग भने, ‘नेपाल शाओमीको प्रिमियम बजार हो । हामी यहाँ अझै उचाइमा जान चाहन्छौं । नेपाली उपभोक्तामा दिएको माया र सहयोप्रति आभारी छौं ।’

कोरोना महामारी, रुस–युक्रेन युद्ध लगायत कारण विश्व आर्थिक संकटले नेपाल पनि अछुतो रहन सकेन । यसको प्रभाव अझै जारी छ । तर, शाओमीले विषम परिस्थितिमा पनि नेपाली बजारमा आफ्नो उपस्थितिलाई निरन्तरता दिँदै आएको मानस्वीले बताए ।

‘हामी रणनीतिक रूपमा हाम्रा उत्पादन (प्रडक्ट) लाई गुणस्तरका आधारमा बजारमा प्राथमिकता दिइरहेका छौं,’ उनले भने, ‘त्यही भएर विश्व आर्थिक संकटबीच पनि हामी नेपाली बजारमा आफ्नो उपस्थिति उच्च स्थानमा राखिरहन सफल भएका हौं ।’

एक दशकदेखि उपभोक्ता मैत्री उच्च गुणस्तरका स्मार्टफोनदेखि अन्य स्मार्ट घरायसी सामग्री, टेलिभिजन, मनिटर, ल्यापटप लगायत उत्पादनको निरन्तरताका कारण विश्वबजारमा शाओमीको सफलताले मानक कायम गरेको कन्ट्री म्यानेजर मानस्वीले बताए ।

‘यही कोसेढुंगोका कारण शाओमी फोब्र्स ५०० सूचीमा सूचीकृत हुन सफल भएको हो,’ उनले भने, ‘विश्व आर्थिक संकटबीच बजार मागअनुसार हामी उत्पादन लागत घटाइरहेका छौं र आपूर्ति शृङ्खला बलियो बनाइरहेका छौं ।’

शाओमीका उत्पादनले नेपाली बजार प्रवेश गरेदेखि नै उपभोक्ताबाट असाध्यै बलियो र सकारात्मक प्रतिक्रिया पाइरहेको उनको भनाइ छ । नेपाली उपभोक्तालाई नवीन प्रविधिमा आधारित उच्च गुणस्तरका उत्पादन सरल मूल्यमा उपलब्ध गराइरहेका कारण शाओमीले बजारमा पकड कायम गरिरहेको उनको भनाइ छ ।

शाओमी संसारकै दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी हो । नेपालमा धेरै नै रुचाइएको ब्रान्ड शाओमीमात्र नभई यसका अन्य भगिनी ब्रान्ड रेडमी र पोकोका स्मार्टफोन पनि त्यति नै प्रख्यात छन् ।

रेडमीले गत अप्रिलमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको थियो । जसमा रेडमी नोट १३ प्रो प्लस फाइभजी, रेडमी नोट १३ प्रो र रेडमी नोट १३ छन् । यो सिरिजका स्मार्टफोनलाई नेपाली उपभोक्ताले व्यापक रुचाएको कन्ट्री म्यानेजर मानस्वीले जानकारी दिए ।

‘फोन बेच्नुमात्र ठूलो कुरा होइन, उपभोक्ताले के चाहन्छन् भनेर त्यसैअनुसार उच्च गुणस्तरका उत्पादन निरन्तर उपलब्ध गराइरहनु ठूलो कुरा हो,’ मानस्वीले भने, ‘म शाओमीको मात्र नभई हामीले गरिरहेको सकारात्मक योगदानबाट पुगिरहेको नेपालको प्रविधि बजारको भविष्यप्रति आशावादी छु ।’

एकदमै कडा प्रतिस्पर्धी स्मार्टफोन बजारमा शाओमीले भिन्नै पहिचान बनाउन सफल भएको उनको भनाइ छ । उपभोक्ताको मागअनुसार निरन्तर अधिकतम फिचर भएका सस्तोदेखि उच्च मूल्यका स्मार्टफोन बजार ल्याइरहेका कारण शाओमीसँग सबैथरी उपभोक्ताका लागि केही न केही छ भन्ने सन्देश गइरहेको उनले बताए ।

‘नेपालका एन्ड्रोइड प्रयोगकर्ताका लागि शाओमी र रेडमीले सफलतासाथ विभिन्न सिरिजका स्मार्टफोन उपलब्ध गराइरहेको छ,’ कन्ट्री म्यानेजर मानस्वीले भने, ‘हालै हामीले शाओमी १५ बजार ल्याएका छौं, जसमा ५० मेगापिक्सेल क्यामरा, एट जेन थ्री प्रोसेसर र एलटीपीओ डिस्प्ले छ ।’

त्यस्तै अर्कातिर, रेडमी नोट १३ सिरिजि अन्तर्गत रेडमी नोट १३ प्रो प्लस फाइभजीमा २ सय मेगापिक्सेल क्यामरा जडित रहेको उनले बताए । त्यसैगरी रेडमी नोट १३ प्रो पर्फर्मेन्स र स्टाइल तथा रेडमी नोट १३ को आकर्षक डिजाइन र शक्तिशाली क्यमराले उपभोक्तालाई सन्तुष्टि दिने गर्छ ।

‘मैले कन्ट्री म्यानेजरका रूपमा भन्नुपर्दा नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक हुनु शाओमीको सफलताको एउटा कोसेढुंगा सावित हुनु हो,’ मानस्वीले भने, ‘नवीनता, डिजाइन र क्षमताका कारण यो सिरिजलाई नेपाली उपभोक्ताले असाध्यै धेरै रुचाएका छन् ।’

शाओमीले बिक्रीपछिको सेवालाई पनि विशेष प्राथमिकतामा राखेको उनले बताए । शाओमी १४ प्रयोगकर्ताका लागि ‘शाओमी प्रायोरिटी क्लब’ बनाइएको छ, जसले यसका सदस्यलाई ६ महिनाको थप वारेन्टी, ६ महिनाभित्र एक पटकका लागि निःशुल्क स्किन फेर्न मिल्ने सुविधा दिएको छ भने फोन मर्मत गर्दा २४ महिनासम्म शुल्क नलाग्ने उनले जानकारी दिए ।

उनका अनुसार शाओमी १४ स्मार्टफोन प्रयोगकर्तालाई सेवा केन्द्रमा फोन मर्मत गर्न आउँदा कुरिरहनु नपर्ने, निःशुल्क पिकअप र ड्रप सेवादेखि निःशुल्क स्वास्थ्य जाँच पनि उपलब्ध गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?