+

आर्मीले जित्यो गिरिजाप्रसाद कोइराला राष्ट्रिय पुरुष हक्की उपाधि

२०८१ असार  १२ गते २१:३७ २०८१ असार १२ गते २१:३७
आर्मीले जित्यो गिरिजाप्रसाद कोइराला राष्ट्रिय पुरुष हक्की उपाधि
१२ असार, पोखरा ।  नेपाल आर्मीले पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगताको उपाधि बुधबार जितेको  छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको विभागीय डर्बी फाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई ५–१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
खेलमा आर्मीका प्रदीप राजवंशी एक्लैले ४ गोल गरे । दीपेन्द्र ऐरले एक गोल  थपे । पुलिसका लागि रोमन रानाले सात्वना गोल फर्काए । आर्मीका मनोज चौधरी फाइनल खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
पाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा उपाधिसंगै आर्मीले ५० हजार नगद पुरस्कार पायो भने प्रहरीले ३० हजार नगद पुरस्कार हात पार्‍यो ।
यस्तै घरेलु टोली गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ७–१ गोलले हराउँदै तेश्रो भयो । गण्डकीका लागि ‘प्लेयर अफ द म्याच’ असिम बाहेकले ह्याट्रिक गरे भने प्रेम विकले २ तथा कुशल नेपाली र पवन परियारले १–१ गोल गरे । तेस्रो भएको गण्डकीले १५ हजार प्राप्त गर्‍यो ।
प्रतियोगितामा च्याम्पियन आर्मीका दीपेन्द्र ऐर उत्कृष्ट खेलाडी, पुरन ओली उत्कृष्ट गोलरक्षक र रोशन चौधरी उत्कृष्ट डिफेन्डर घोषित भए भने प्रदीप राजवंशी सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट चारै आर्मीका हुन् । कर्णालीका सुशान्त रोकाया उदीयमान खेलाडी चुनिए । पाँचै जनाले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा, पूर्व सभासद शारदा पौडेल, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगितामा दुई विभागिय र ६ प्रदेश गरी ८ टिमको सहभागिता रहेको आयोजक हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन् ।
हक्की
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय