+
+

‘मोदीबेनी’को पोस्टरमा वर्षाको क्यारेक्टर लुक्स

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते ४:०४

काठमाडौं । साउन १८ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ ।

पोस्टरमा अभिनेता अमरप्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडालाई बराबर स्थान दिइएको छ ।  त्रिकोणात्मक कथावस्तुमा फिल्म निर्माण भएको अनुमान गर्न सकिन्छ ।

पोस्टरमा अभिनेत्री रेजिना उप्रेतीलाई साधारण गाउँले महिला र अभिनेता दिलीप केसीलाई गाउँकै सम्भ्रान्त व्यक्तिको रूपमा चित्रण गरिएको छ ।

यसअघि अमर र वर्षाको क्यारेक्टर पोस्टर सार्वजनिक भएका थिए, जसमा अमरलाई ‘एङ्ग्री योङ म्यान’ र वर्षालाई रहस्यमय अवतारमा देखाइएको थियो । पोस्टरको थिम ‘सर्कल थिम’मा छ, जसमा पोस्टरको पृष्ठभूमिमा राखिएका पुल लगायतका दृश्यलाई घुमाइएको छ ।

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो फिल्मकोे कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटना भइरहेको पाइने निर्देशक शंकर कोइरालाले बताए ।

फिल्ममा अमर, वर्षा, प्रवीण, रेजिना, दिलीपसहित सरोज खनाल, कमलमणी नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्मलाई आनन्दविक्रम क्षेत्रीले लेखेका छन् । यसमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?