+
+

फिल्ममा सुरजसिंह ठकुरीको पुनरागमन तय, ‘एक्लो’मा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते ४:२१

काठमाडौं । टेलिभिजन पर्सनालिटी समेत रहेका सुरजसिंह ठकुरीले फिल्म अभिनयमा पुनरागमन गर्ने पक्का भएको छ । आफूले ५ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेको जानकारी उनले दिएका छन् ।

प्रदीप शाहीले निर्देशन गर्न लागेको साइन्स-फिक्सन फिल्म ‘एक्लो’मा उनी ‘काल’ नामक भूमिकामा देखिँदैछन् । उनी पछिल्लोपटक ‘समर लभ’मा न्यारेटरको रोलमा देखिएका थिए ।

इन्स्टाग्राममार्फत उनले आफू फिल्ममा अनुबन्धित भएको जनाएका छन् । सन् २०१३ मा ‘कर्कस’बाट डेब्यु गरेका ठकुरीले ‘नाइँ नभन्नू ल’को दोस्रो र तेस्रो श्रृंखला, ‘जंगे’ फिल्ममा अभिनय गरेका छन् ।

भदौदेखि छायांकन सुरु हुने यो फिल्ममा सुनिल थापा, विजय लामा, प्रदीप खड्का, बेनिशा हमाल, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती, बेलायती अभिनेता जेमी बेकन लगायतको पनि अभिनय रहनेछ ।

फिल्मले सन् २०३० मा महामारीका कारण मानिसले पृथ्वी ग्रह छोड्न बाध्य भएको काल्पनिक कथा यसले पेश गर्ने । निर्देशक शाही निर्देशित पछिल्लो फिल्म ‘अन्तिम संस्कार’ गतवर्ष रिलिज भएको थियो ।

साइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्माणमा बेलायतको ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ । सन् २०२५ मा प्रदर्शन लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?