+

अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गर्दै

२०८१ असार  १३ गते ५:५६ २०८१ असार १३ गते ५:५६
अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गर्दै

१३ असार, काठमाडौं । अफगानिस्तानले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ निर्णय लिएको छ ।

ब्रायन लारा क्रिकेट रंगशाला ट्रिनिडाडमा भएको टसमा अफगानिस्तानका कप्तान राशिद खानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

अफगानिस्तान र दक्षिण अफ्रिका दुवैले आफ्नो प्लेइङ ११ मा परिवर्तन गरेका छैनन् ।

दक्षिण अफ्रिका सुपर-८ को ग्रुप २ को विजेता रुपमा सेमिफाइनल खेलेको हो । दक्षिण अफ्रिकाले वेष्टइण्डिजलाई पछि पारेको थियो ।

अफगानिस्तान ग्रुप-१ को उपविजेता बन्दै पहिलो पटक सेमिफाइनल खेलेको हो । अफगानिस्तानले अष्ट्रेलियालाई पछि पारेको हो ।

दक्षिण अफ्रिकाले एकदिवसीयमा ५ र टी२० मा २ गरी कुल ७ सेमिफाइनल खेलेको छ । तर फाइनलमा पुग्न सकेको छैन । अफगानिस्तान आफ्नो इतिहासमै पहिलो पटक सेमिफाइनल खेल्दैछ ।

आईसीसी टी-२० विश्वकप २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय