+
+

आर्मीले जित्यो गिरिजाप्रसाद कोइराला राष्ट्रिय पुरुष हक्कीको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते ६:०७

१२ असार, पोखरा । पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगताको उपाधि नेपाल आर्मीले जितेको  छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको विभागीय डर्बी फाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई ५-१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।

खेलमा आर्मीका प्रदीप राजवंशी एक्लैले ४ गोल गरे । दीपेन्द्र ऐरले एक गोल  थपे । पुलिसका लागि रोमन रानाले सात्वना गोल फर्काए । आर्मीका मनोज चौधरी फाइनल खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा उपाधिसँगै आर्मीले ५० हजार नगद पुरस्कार पायो भने प्रहरीले ३० हजार नगद पुरस्कार हात पार्‍यो ।

यस्तै घरेलु टोली गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ७-१ गोलले हराउँदै तेस्रो भयो । गण्डकीका लागि ‘प्लेयर अफ द म्याच’ असिम बाहेकले ह्याट्रिक गरे भने प्रेम विकले २ तथा कुशल नेपाली र पवन परियारले १-१ गोल गरे । तेस्रो भएको गण्डकीले १५ हजार प्राप्त गर्‍यो ।

प्रतियोगितामा च्याम्पियन आर्मीका दीपेन्द्र ऐर उत्कृष्ट खेलाडी, पुरन ओली उत्कृष्ट गोलरक्षक र रोशन चौधरी उत्कृष्ट डिफेन्डर घोषित भए भने प्रदीप राजवंशी सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट चारै आर्मीका हुन् । कर्णालीका सुशान्त रोकाया उदीयमान खेलाडी चुनिए । पाँचै जनाले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापा, पूर्वसभासद शारदा पौडेल, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य-सचिव श्रीधर शर्मा, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगितामा दुई विभागीय र ६ प्रदेश गरी ८ टिमको सहभागिता रहेको आयोजक हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?