+

समूह ई मा दुवै खेल बराबरी, रोमानिया समूह विजेता बेल्जियम उपविजेता

२०८१ असार  १३ गते ६:४४ २०८१ असार १३ गते ६:४४
समूह ई मा दुवै खेल बराबरी, रोमानिया समूह विजेता बेल्जियम उपविजेता

१३ असार, काठमाडौं । जर्मनीमा जारी युरो २०२४ अन्तर्गत बुधबार राति भएको समूह ई को दुवै खेल बराबरीमा सकिएको छ ।

स्टुटगार्डमा बेल्जियम र युक्रेनले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा फ्रांकफर्टमा रोमानिया र स्लोभाकियाले पनि १-१ को बराबरी खेले ।

ओन्ड्रेज डुडाले २४औं मिनेटमा गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएपनि रोमानियाका  राजभान मारिनले ३७औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरेका थिए ।

बराबरीपछि चारै टोलीको समान ४ अंक हुँदा समीकरण रोमाञ्चक बनेको थियो ।

तर, गोल अन्तरका आधारमा रोमानिया समूह ई को विजेता बन्दै नकआउट चरणमा पुग्दा बेल्जियम समूह उपविजेता बन्यो ।

यस्तै तेस्रो स्थानमा रहेको स्लोभाकिया पनि तेस्रो हुने ६ टोलीमध्ये उत्कृष्ट चारमा पर्दै अन्तिम १६ मा पुग्न सफल भयो । चौथो स्थानमा रहेको युक्रेन भने भअभागी बन्दै समूह चरणबाटै बाहिरियो ।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय