+

पोर्चुगललाई हराउँदै जर्जिया नकआउट चरणमा

२०८१ असार  १३ गते ६:५९ २०८१ असार १३ गते ६:५९
पोर्चुगललाई हराउँदै जर्जिया नकआउट चरणमा

१३ असार, काठमाडौं । पहिलो पटक युरो खेलिरहेको जर्जियाले सानदार प्रदर्शन गर्दै पोर्चुगललाई २-० ले पराजित गरेको छ ।

समूह एफ अन्तर्गत बुधबार राति  भएको खेलमा पोर्चुगललाई स्तब्ध पारेपछि जर्जियाले युरो २०२४ मा पहिलो जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

गेलसेनकिर्चेनमा भएको खेलमा जर्जियालाई ऐतहिसिक जित दिलाउन केभिचा केभारात्खेलियाले खेलको दोस्रो मिनेटमै तथा जर्जेज मिकाउटाड्जेले ५७औं मिनेटमा पेनाल्टीमा गोल गरे ।

यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको पोर्चुगल पराजित भएपनि ६ अंकका साथ समूह विजेता बन्यो ।

पोर्चुगलले यसअघि चेक रिपब्लिक र टर्किएलाई पराजित गरेको थियो ।

उता जर्जिया पहिलो खेलमा टर्किएसँग पराजित भएको थियो भने दोस्रो खेलमा चेकसँग बराबरी खेलेको थियो । तीन खेलबाट ४ अंक जोड्दै तेस्रो भएको जर्जिया तेस्रो हुने ६ मध्ये उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा पुगेको हो ।

यस्तै अन्तिम खेलमा चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै ६ अंक नै जोडेको टर्किए समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

पोर्चुगल समान ६ अंक जोडेपनि हेड टु हेडमा टर्किए पोर्चुगललाई पछि परेको हो ।

जर्जिया पोर्चुगल युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय