+
+
टी२० विश्वकप सेमिफाइनल :

अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाको सानदार सुरुआत

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते ६:५५

१३ असार, काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल खेलमा अफगास्तिानविरुद्ध सानदार सुरुवात गरेको छ ।

बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले ५ विकेट गुमाएर ७ ओभरको समाप्तिमा जम्मा २८ रन बनाएको छ ।

दक्षिण अफ्रिकालाई तीव्र गतिका बलर मार्को यानसन र कागिसो रबाडाले सानदार सुरुवात दिलाएका हुन् । यानसनको पहिलो ओभरको अन्तिम बलमा एज लागेर यस विश्वकपमा सर्वाधिक २८१ रन बनाउने रहमानउल्लाह गुरबाज फस्टस्लिपमा शून्यमा रिजा हेन्ड्रिक्सबाट क्याच आउट भए । यानसनले तेस्रो ओभरको तेस्रो बलमा गुलबदीन नैबलाई ९ रनमा बोल्ड आउट गरे ।

चौथो ओभरको पहिलो बलमा इब्राहिम जद्रानलाई २ र चौथो बलमा मोहम्मद नाबीलाई शून्यमा बाल्ड गरेपछि अफगानिस्तान ३.४ ओभरमा २०/४  को अवस्थामा पुगेको थियो । ६.३ ‌ओभरमा एनरिक नोर्ट्जेले आजमतुल्लाह ओमरजाईलाई आउट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?