+
+
राष्ट्रसंघको रिपोर्ट :

लागुपदार्थ सेवन र तस्करीमा उछाल, भाङ प्रयोगकर्ता सबैभन्दा बढी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते ७:०८

१३ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघले मादक पदार्थको अवैध तस्करी र सेवनमा उछाल आएको निष्कर्ष निकालेको छ ।

मादक पदार्थ र अपराधसम्बन्धी राष्ट्रसंघीय कार्यालयको वार्षिक रिपोर्टमा विश्वभर करिब ३० करोड व्यक्तिले मादक पदार्थ सेवन गरिरहेको उल्लेख छ ।

रिपोर्टमा उल्लेख भए अनुसार धेरैजसो भाङ र कोकिन प्रयोगकर्ताहरु छन् । भाङ प्रयोगकर्ताहरू २२ करोड, अफिम सेवन गर्नेहरू ६ करोड र कोकिन प्रयोग गर्नेहरू २ करोड रहेका छन् ।

मादक पदार्थको दुरुपयोग र अवैध तस्करीविरुद्धको अन्तर्राष्ट्रिय दिवस हरेक वर्ष २६ जुनमा मनाउने गरिन्छ । यसको उद्देश्य ड्रग्समुक्त विश्व बनाउनु हो ।

यस वर्ष पनि नशालु पदार्थ सेवनबाट हुने सामाजिक, आर्थिक र स्वास्थ्यको हानिबारे जानकारी गराउँदै यसको सेवन नगर्न जनचेतना जगाउने अभियान चलाइएको छ । तर नशालु पदार्थको सेवनमा कमी आएको छैन ।

मादक पदार्थ एवम् अपराध हेर्ने संयुक्त राष्ट्रसंघीय कार्यालयका कार्यकारी निर्देशक गादा बालीले भनेका छन्, ‘लागुपदार्थ सेवनकर्ताको उपचार तथा यसको अवैध कारोबारमा निगरानी र रोकथामको उपायमा लगानी गर्नु निकै नै आवश्यक छ ।’

उनले भनेका छन् नशालु पदार्थको उत्पादन, तस्करी र उपयोगबाट अस्थीरता र असमानता बढ्दो छ । यसबाट मानिसको स्वास्थ्य, सुरक्षा र कल्याणमा हानि पुगिरहेको छ ।

रिपोर्टका अनुसार दक्षिण-पूर्वी एशियाली देशहरुको बाटो हुँदै विश्वभर लागुपदार्थको अवैध तस्करी र ओसारपसार हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?