+
+

युरो २०२४ को नकआउट समीकरण पूरा, फ्रान्स र बेल्जियम अन्तिम १६ मै भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते ७:३३

१३ असार, काठमाडौं । जर्मनीमा भइरहेको युरो २०२४ मा समूह चरणको खेलहरु सकिएपछि नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको छ । गएराति समूह एफको अन्तिम २ खेल भएपछि समूह चरणका खेलहरु सकिएका हुन् ।

यससँगै नकआउट चरणको समीकरण पनि पूरा भएको छ । युरोमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाइएको छ । समूह्य चरणको खेलपछि ६ वटै समूहको समूह विजेता र उपविजेता गरी १२ टोली सिधै अन्तिम १६ मा पुग्दा तेस्रो हुने ६ मध्ये उत्कृष्ट चार टिमले पनि अन्तिम १६ मा स्थान बनाए ।

चार समूहबाट ३-३ तथा दुई समूहबाट २-२ टोली नकआउट चरणमा पुगेका हुन् । समूह ए बाट घरेलु टोली जर्मनी र स्वीट्जरल्याण्ड, समूह बी बाट स्पेन र इटली, समूह सी इंग्ल्याण्ड र डेनमार्क समूह डीबाट अष्ट्रिया र फ्रान्स समूह ई बाट रोमानिया र बेल्जियम तथा समूह समूह एफबाट पोर्चुगल र टर्की क्रमश: समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।

यस्तै समूह सी बाट सल्भेनिया, समूह डी बाट नेदरल्याण्ड्स, समूह ई बाट सल्भाकिया र समूह एफबाट जर्जिया तेस्रो हुँदै अन्तिम १६ मा पुगे । समूह ए मा तेस्रो भएको हंगेरी र समूह बी मा तेस्रो भएको क्रोएसिया भने अगाडि बढ्न सकेन ।

फ्रान्स र बेल्जियम अन्तिम १६ मै भिड्ने

समूह चरणमा केही अप्रत्यासित नतिजा आउँदा नकआउट चरणको समीकरण पनि रोमाञ्चक बन्ने भएको छ ।

जसमा फ्रान्स र बेल्जियमबीच अन्तिम १६ मै भिडन्त हुने भएको छ । यस्तै साविक विजेता इटलीले अन्तिम १६ म स्वीट्जरल्याण्ड्सँग खेल्नुपर्नेछ ।

फ्रान्स र बेल्जियमसहित आयोजक जर्मनी, फ्रान्स, पोर्चुगल एकै पुलमा छन् । यी टोलीहरु मध्येबाट एक टोली मात्र फाइनल पुग्नेछन् । अर्कोतर्फ इटली, इंग्ल्याण्ड र नेदरल्याण्ड्सबाट एक टोली फाइनल पुग्नेछ ।

अन्तिम १६ मा जर्मनीले डेनमार्कसँग खेल्दा स्पेनले पहिलो पटक युरो खेलिरहेको जर्जियासँग खेल्नेछ । यी दुई खेलको विजेता क्वाटरफाइनलमै भेट हुनेछन् । यस्तै पोर्चुगलले स्लोभेनियासँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेताले क्वाटरफाइनलमा फ्रान्स र बेल्जियमबीचको विजेतासँग खेल्नेछ ।

अर्कोतर्फ रोमानियाले नेदरल्याण्ड्सको सामना गर्दा अष्ट्रिया र टर्कीबीच खेल हुनेछ । रोमानिया र अष्ट्रिया आफ्नो समूहमा समूह विजेता बनेका थिए । यी दुई खेलको विजेता क्वाटरफाइनलमा एकआपसमा भिड्नेछन् । यस्तै इंग्ल्याण्डले स्लोभाकियासँग खेल्नेछ । यस खेलको विजेताले क्वाटरफाइनलमा इटली र स्वीट्जरल्याण्डको विजेतासँग खेल्नेछ ।

अन्तिम १६ को खेलतालिका नेपाली समय अनुसार

जुन २९

स्वीट्जल्याण्ड भर्सेस् इटली, राति ९:४५ बजे

जर्मनी भर्सेस् डेनमार्क, मध्यराति १२:४५ बजे

जुन ३०

इंग्ल्याण्ड भर्सेस् स्लोभाकिया, राति ९:४५ बजे

स्पेन भर्सेस् जर्जिया, मध्यराति १२:४५ बजे

जुलाई १

फ्रान्स भर्सेस् बेल्जियम, राति ९:४५ बजे

पोर्चुगल भर्सेस् स्लोभेनिया, मध्यराति १२:४५ बजे

जुलाई २

रोमानिया भर्सेस् नेदरल्याण्ड्स, राति ९:४५ बजे

अष्ट्रिया भर्सेस् टर्की, मध्यराति १२:४५ बजे

क्वाटरफाइनल

जुलाई ५

इंग्ल्याण्ड/स्लोभाकिया भर्सेस् स्वीट्जरल्याण्ड/इटली, राति ९:४५ बजे

फ्रान्स/बेल्जियम भर्सेस् पोर्चुगल/स्लोभेनिया, मध्यराति १२:४५ बजे

जुलाई ६

स्पेन/जर्जिया भर्सेस् जर्मनी/डेनमार्क, राति ९:४५ बजे

रोमानिया/नेदरल्याण्ड्स भर्सेस् अष्ट्रिया/टर्की, मध्यराति १२:४५ बजे

सेमिफाइनल

जुलाई ९ : पहिलो क्वाटरफाइनल विजेता भर्सेस् दोस्रो क्वाटरफाइनल विजेता, मध्यराति १२:४५ बजे

जुलाई १० : तेस्रो क्वाटरफाइनल विजेता भर्सेस् चौथो क्वाटरफाइनल विजेता, मध्यराति १२:४५ बजे

फाइनल

१४ जुलाई : पहिलो सेमिफाइनल विजेता भर्सेस् दोस्रो सेमिफाइनल विजेता मध्यराति १२:४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?