+

कोपा अमेरिकामा इक्वेडरको पहिलो जित

२०८१ असार  १३ गते ७:४४ २०८१ असार १३ गते ७:४४
कोपा अमेरिकामा इक्वेडरको पहिलो जित

१३ असार, काठमाडौं । अमेरिकामा भइरहेको कोपा अमेरिका २०२४ मा इक्वेडरले पहिलो जित हात पारेको छ । समूह बी अन्तर्गत लस भेगासको एलेनायन्ट स्टेडियममा बिहीबार बिहान भएको खेलमा इक्वेडरले जमैकालाई ३-१ ले पराजित गरेको हो ।

यसअघि पहिलो खेलमा इक्वेडर भेनुजुएलासँग पराजित भएको थियो । पहिलो जितपछि इक्वेडरले दुई खेलबाट ३ अंक जोडेको छ ।

इक्वेडरलाई जित दिलाउन रे पाएज र एलान मिन्डाले एक-एक गोल गरे । जमैकाका कासे पाल्मरले एक आत्मघाती गोल उपहार दिएका थिए । मिचेल एन्टोनिओले जमैकाका लागि सान्त्वना गोल गरे । जमैकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा जमैका मेक्सिकोसँग पराजित भएको थियो ।

इक्वेडर जमैका कोपा अमेरिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय