+

फारुकी बने एकै टी–२० विश्वकपमा सर्वाधिक विकेट लिने बलर

२०८१ असार  १३ गते ९:०० २०८१ असार १३ गते ९:००
फारुकी बने एकै टी–२० विश्वकपमा सर्वाधिक विकेट लिने बलर

१३ असार, काठमाडौं – अफगास्तिानका तीव्र गतिका बलर फजलहक फारुकी एकै टी-२० विश्वकपमा सर्वाधिक विकेट लिने बलर बनेका छन् । आईसीसी टी-२० विश्वकप २०२४ मा उनले ८ खेलमा १७ विकेट लिदै उक्त कीर्तिमान रचेका हुन् ।

बिहीबार बिहान ब्रायन लारा क्रिकेट रंगशालामा ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डि ककलाई ५ रनमा बोल्ड आउट गर्दै उक्त कीर्तिमान बनाएका हुन् । उनले श्रीलंका लेग स्पिनर वानिन्दु हसरंगाले सन् २०२१ को टी-२० विश्वकपमा लिएको १६ विकेटलाई पछि पारेका हुन् । श्रीलंकाका अजान्था मेन्डिसले २०१२ र वानिन्दु हसरंगाले २०२२ मा १५-१५ विकेट लिएका थिए । जारी विश्वकपमा भारतका अर्शदीप सिंहले १५ विकेट लिई सकेका छन् ।

यस विश्वकपमा फारुकीले युगान्डाविरुद्ध ५, न्युजिल्यान्डविरुद्ध ४ र पपुवा न्युगिनी र भारतविरुद्ध ३–३ तथा बंगलादेश र दक्षिण अफ्रिकाविरुद्ध १-१ विकेट लिए । उनी अष्ट्रेलिया र वेष्टइण्डिजविरुद्ध विकेटविहीन थिए । सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ५६ रनमा अल आउट भएको थियो । उक्त लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा पूरा गर्दै आफ्नो विश्वकप इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाएको हो । दक्षिण अफ्रिकाले उपाधिको लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग शनिबार खेल्नेछ । दोस्रो सेमिफाइनलमा आज राती ८ : १५ मा भारत र इंग्ल्यान्ड भिड्दैछन् ।

 

टी-२० विश्वकपमा फजलहक फारुकी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय