+
+

१२औं सन्तानका पिता बने एलन मस्क, को हुन् बच्चाकी आमा ?

एजेन्सी एजेन्सी
२०८१ असार १३ गते ९:४५

सोसल मिडिया कम्पनी एक्ससहित टेस्ला, स्पेस एक्सलगायतका कम्पनीका मालिक एलन मस्क १२औं सन्तानका पिता बनेका छन् ।

अमेरिकी न्युरोटेक्नोलोजी कम्पनी न्युरालिंककी निर्देशक तथा एलन मस्ककी पार्टनर शिवोन जिलिसले सन्तान जन्माएकी हुन् ।

मस्क र जिलिसबाट जन्मिएको यो तेस्रो सन्तान हो भने मस्कको १२औं सन्तान ।

मस्कले पछिल्लोपटक जन्मिएको आफ्नो बच्चा कुनै गोप्य नरहेको र आफ्ना मित्रजन तथा परिवारलाई त्यसबारेमा जानकार रहेको बताएका छन् । यो वर्षको सुरुवातमा आफ्नो १२औं सन्तान जन्मिएको उनले बल्ल पुष्टि गरेका छन् ।

तथापि आफ्नो १२औं सन्तानको नाम तथा लिंगका बारेमा मस्कले कुनै जानकारी गराएका छैनन् । आफ्नो नयाँ बच्चाको बारेमा जानकारी गोप्य राखेको भन्ने भनाइको भने उनले खण्डन गरेका छन् ।

मस्कले भनेका छन्- जहाँसम्म बच्चाको जानकारी गोप्य राखेको कुरा छ, यो सबै गलत हो । हाम्रा सबै मित्र तथा परिवारका मानिसहरूलाई यसको जानकारी थियो । यसबारेमा कुनै पनि प्रेस विज्ञप्ति जारी नै गर्नु अनौठो हुनसक्छ। तर, यसको अर्थ यो होइन कि यस विषयमा कुरा गोप्य राखिएको थियो।

पछिल्लोपटक जन्मिएको बच्चा ५२ वर्षीय एलन मस्क र ३८ वर्षीया शिवोन जिलिसको तेस्रो सन्तान हो। यसअघि शिवोन जिलिस र मस्कले जुम्ल्याहा बच्चा Strider र Azure लाई जन्म दिएका थिए।

शिवोन जिलिस एलन मस्ककै कम्पनी न्युरालिंकमा काम गर्दछिन् । उक्त कम्पनीले मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने काम गर्दछ।

स्मरण रहोस् मस्कको पहिलो बिहे सन् २००० मा जस्टिन विलसनसँग भएको थियो । जस्टिन र मस्कका ५ जना सन्तान छन् । उनीहरूले सन् २००८ मा डिभोर्स गरे । त्यसपछि मस्कले सन् २०१० मा तुलुलाह रिलीसँग बिहे गरेका थिए । उनीहरू पनि सन् २०१६ मा अलग भए।

एलन मस्क : धेरै सन्तानका पक्षपाती

सन् २०१८ मा मस्कले क्यानेडियन संगीतकार ग्रिम्ससँग डेट गर्न सुरु गरे । यी दुईबीच पनि ३ वटा बच्चा छन् । यो दम्पती सन् २०२१ मा अलग भयो ।

ग्रिम्ससँगको दोस्रो सन्तान जन्मिनु केही हप्ताअघि नै मस्कले जिलिसबाट जुम्ल्याहा सन्तान जन्माएका थिए । अर्थात् उनले एकसाथ दुई महिलासँग सम्बन्धमा रहेर लगालग सन्तान प्राप्ति गरेका थिए ।

ग्रिम्ससँगको उनको तेस्रो सन्तानको नामचाहिं टेक्नो मेकानिकस हो । जबकि पहिलो सन्तानको नाम X Æ A-Xii र दोस्रो सन्तानको नाम Exa Dark Sideræl Musk हो ।

नयाँ नयाँ महिलासँग सम्बन्ध गाँस्दै, केही सन्तान जन्माउँदै र सम्बन्ध विच्छेद गर्दै आएका मस्कले विश्वमा घट्दो जन्मदरका बारेमा सवाल उठाउँदै आएका छन् ।

उनी भन्छन्-कतिपय देशहरू पहिलेदेखि नै प्रतिस्थापन दरभन्दा पछाडि छन् र सबै देशमा यस्तै हुने लक्षण देखिइरहेको छ । यो साधारण तथ्य हो।

उनका अनुसार बच्चा प्रतिस्थापनको दर २.१ हो । विश्वको जनसंख्या वृद्धि छिटै नै यो दरभन्दा तल झर्ने उनको भनाइ छ ।

सन् २०२२ मा दिएको एक अन्तरवार्तामा उनले आफूले एउटा ठूलो परिवार चाहेको बताएका थिए ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?