+
+

हिंसात्मक प्रदर्शनपछि केन्या सरकारले फिर्ता लियो विवादित विधेयक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते ९:४९

१३ असार, काठमाडौं । काठमाडौं । हिंसात्मक प्रदर्शनपछि केन्या सरकारले कर वृद्धिको व्यवस्थासहितको विधेयक फिर्ता लिएको छ । केन्याका राष्ट्रपति विलियम रुतोले विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

केन्याका जनतालाई सम्बोधन गर्दै राष्ट्रपति रुतोले विधेयक प्रमाणीकरण नगर्ने घोषणा गर्दै भने, ‘म यसबाट पछि हटेको छु ।’

विधेयक फिर्ताको माग गर्दै केन्यामा केही दिनयता विरोध प्रदर्शन हुँदै आएको थियो । संसदले कर वृद्धिको व्यवस्थासहितको विधेयक पास गरेलगत्तै प्रदर्शनकारीले संसदमा आगजनी गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिँदा गत मंगलबार २२ जनाको मृत्यु भएको थियो ।

स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको थियो । प्रदर्शनकारीले राष्ट्रपतिको समेत राजीनामा मागेका थिए । प्रदर्शन नरोकिने छाँट देखेपछि राष्ट्रपति रुतोले विधेयक फिर्ता लिएको घोषणा गरेका हुन् ।

राष्ट्रपति रुतोले सन् २०२२ पछि सबैभन्दा ठूलो प्रदर्शनको अगुवाइ गरेका युवाहरुसँग अब वार्ता गर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?