+
+

सुनको भाउ ८ सय रुपैयाँ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १०:३९

१३ असार, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही सातादेखि ओरालो गतिमा छ । सोअनुसार नेपालमा पनि मूल्य घट्दै गएको छ । जेठ २५ गते सुनको भाउ तोलमा १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७८० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?