+
+

घरेलु रक्सीको नाम ‘तीनपाने’ राख्नुपर्ने एमाले सांसदको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १२:५२

१२ असार, काठमाडौं । नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले लोकल रक्सीलाई ब्रान्डिङ गर्ने सरकारको योजनाको समर्थन गरेकी छन् ।

सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटमा लोकल रक्सीको ब्रान्डिङ गर्ने भनेको छ । यसको समर्थन गर्दै एमाले सांसद श्रेष्ठले नेपाली ब्रान्डको नाम ‘तीनपाने अर्गानिक जनजाति रक्सी’ राख्ने प्रस्ताव गरेकी छन् ।

बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो प्रस्ताव गरेकी हुन् । लोकल रक्सीका लागि कोदो उत्पादनलाई जोड दने नीति लिन उनको आग्रह छ ।

‘कोदो उत्पादनमा जोड दिऔं । कोदो खेतीको ब्रान्डिङ गरौं । कोदो र चामलबाट बनाइने रक्सीलाई ब्रान्डिङ गरौं । लेवलै राखौं– तीनपाने अर्गानिक आदिवासी जनजाति रक्सी भनेर लेवल नै राखौं र विदेश सप्लाई गरौं’, उनले भनिन् ।

नेपाली रक्सी विदेश निर्यात गर्न सके नेपालको आर्थिक स्थितिमा सुधार आउने, नेपालका आदिवासी जनजातिको जीवनस्तर समेत सुधारिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?