+
+

दुबई जान लागेका राजेशपायल राई जहाजबाटै फर्काइए

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १२:४०

१३ असार, काठमाडौं । दुबई जान लागेका गायक राजेशपायल राई त्रिभुवन विमानस्थलमा रोकिएका छन् ।

फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका राई विमानस्थलमा रोकिएका विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीले पुष्टि गरे । प्रहरी स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेका कारण राईलाई रोकिएको हो ।

‘अत्यधिक मदिरा सेवन गरेको भनेर जहाजले कम्प्लेन गरेकाले रोकिएको हो । उहाँ नर्मल अवस्थामा भएपछि दुबई जानुहुन्छ’, विमानस्थल स्रोतले भन्यो ।

उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेका थिए । जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?