+
+

गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद प्रवेशमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १२:४३
Photo Credit : किरण थापा ।

१३ असार, काठमाडौं । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाइएको छ । उनलाई मर्यादा पालकले प्रदेशसभा बैठकमा भाग लिन जान नदिई बाहिरै रोकेका छन् ।

ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले देवकोटालाई सांसद पदबाट हटाएपछि देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटउपर सुनुवाइ गर्दै सर्वोच्चले सोमबार गण्डकी प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो ।

प्रदेशसभा सदस्य देवकोटाका अनुसार बुधबार सर्वोच्च अदालतको आदेश गण्डकी प्रदेशसभा सचिचवालयमा दर्ता भइसकेको छ ।

‘प्रदेशसभामा सर्वोच्चले आदेश हिजो दर्ता भएपछि आज प्रदेशसभा सदस्यका रुपमा आएँ, माननीय सभामुखलाई भेटे, मुख्यमन्त्रीलाई भेटेँ म आएको छु भन्ने जानकारी गराएँ, आजैदेखि सहभागी हुने वातावरण बनाउनुस् भनेँ, तर सबै सांसदहरु गएपछि पनि मलाई खबर आएन, त्यसपछि म जान खोज्दा मर्यादापालकले एक छिन रोकिनु भनेपछि मैले विवाद गर्ने कुरा भएन पर्खिरहेको छु’, उनले भने ।

२८ जेठमा माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओवादी केन्द्रले उनलाई ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो ।

माओवादीको कारबाही गर्ने निर्णय ३२ जेठमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका थिए ।

माओवादी चुनाव चिह्नबाट विजयी देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्वीप नलाग्ने भन्दै मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएर बहुमत दिलाएका थिए । त्यसको भोलिपल्ट जेठ २९ गते देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका थिए ।

देवकोटा गण्डकी प्रदेश सभामा गोरखा क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?