
काठमाडौं । बहुप्रतीक्षित भारतीय फिल्म ‘कल्की २८९८ एडी’ नेपालमा पनि बिहीबार रिलिज भएको छ । प्रभास स्टारर साइन्स फिक्सन फिल्मलाई नाग अश्विनले निर्देशन गरेका हुन् । फिल्ममा अमिताभ बच्चन, दीपिका पादुकोण, कमल हसन र दिशा पटानीको समेत मुख्य भूमिका छ ।
६०० भारु बजेटमा निर्माण भएको यो फिल्म हिन्दी र तेलुगू भाषामा विश्वव्यापी रिलिज भएको हो । फिल्मलाई नेपाली हलले उच्च शो दिएका छन् ।
नवीन सुब्बा निर्देशिन फिल्म ‘गाउँ आएको बाटो’ शुक्रबारबाट प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दैछ । पूजा शर्मा अभिनित ‘दान्भी’, बलिउड फिल्म ‘चन्दु च्याम्पियन’ र हलिउड फिल्म ‘एक्सर्सिजम’ पनि प्रदर्शनरत छन् । शुक्रबार हलिउड फिल्म ‘क्वाइट प्लेस : डे वान’ रिलिज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4