+
+

करिब १ लाख १६ हजार विद्यार्थीले पूरक परीक्षा दिन पाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १३:२७

१३ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा अनुत्तीर्ण हुने विद्यार्थीमध्ये १ लाख १५ हजार ८३४ जनाले पूरक परीक्षा दिन पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले दुई विषय अनुत्तीर्ण (नन ग्रेड) विद्यार्थीलाई पुरक परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

साउन १८ र १९ गते यो वर्षको पूरक परीक्षा हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का अध्यक्ष महाश्रम शर्माले एक विषयमा पूरक परीक्षा दिन पाउने विद्यार्थीको संख्या ६७ हजार ७९३ रहेको बताए । त्यस्तै ४८ हजार ३८ जनाले दुई विषयको पूरक परीक्षा दिनेछन् ।

दुईभन्दा बढी विषयमा अनुत्तीर्ण हुने विद्यार्थीले भने आगामी चैतमा हुने परीक्षामा सोही विषयको मात्रै परीक्षा दिए पुग्नेछ ।

परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थी अनुत्तीर्ण (नन ग्रेड) भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?