+
+

किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको छ : सांसद पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १४:१६

१३ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको टप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको बताएका हुन् ।

उनले भने, ‘किसानको अवस्था एउटा रेगिस्तानको मृगको अवस्था भएको छ । जसरी मृगले मरुभुमिमा दौडँदा दौडँदै पानीको खोजमा मृत्युवरण गर्नुपरेको छ, नेपालको किसानहरुको अवस्था त्यस्तै छ ।’

रेगिस्तानको मरुभूमिमा मृगले पानीको खोजीमा दौडँदा दौडँदै मृत्युवरण गर्नुपरे जस्तै किसान पनि मल, बीउ र सिंचाईका लागि दौडनु परेको बताएका हुन् ।

‘मल पाए बीउ पाउँदैन । बिउ पाए मल पाउँदैन । यो दुईवटै कुरा भयो भने सिँचाइको सुविधा हुँदैन । सिंचाई भएको ठाउँमा मल र बीउ पाउँदैन ।’ उनले भने ।

उनले किसानहरु मल पाए बीउ नपाउने र बीउ पाए सिंचाई नपाउने अवस्थामा रहेका बताए । उनले सबै पाएको अवस्थामा बजारको व्यवस्थापन नहुने बताए ।
सांसद पाण्डेले यसरी देश कता पुर्‍याउन खोजिएको हो भनी प्रश्न समेत गरे ।

उनले भने, ‘किसानले गाई पालेर, गाई पनि ऋण काडेर लिएर आएको गाई र भैँसीको दुध विक्री गरेको भुक्तानी भएको छैन । यो देश कता जान खोजेको हो ? कता पुर्‍याउन खोजिएको हो ?’

सांसद पाण्डेले अस्पताल, विद्यालयमा पनि उस्तै समस्या रहेको बताए । उनले कुनैपनि क्षेत्रमा सहज अवस्था नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?