
काठमाडौं । भक्तपुरको नयाँ थिमिमा रहेको मिड भ्याली एसएस कलेजले ‘मिड भ्याली एसईई फुटसल टुर्नामेन्ट-२०८१ आयोजना गर्ने भएको छ ।
एसईई उत्तीर्ण विद्यार्थीलाई लक्षित गर्दै मिड भ्याली एसएस कलेजले फुटसल टुर्नामेन्ट आयोजना गर्न लागेको जनाएको छ ।
कलेजका अनुसार टुर्नामेन्टमा सहभागी हुनका लागि नाम दर्ता सुरु भइसकेको छ । नाम दर्ता गर्नका लागि एसईईको प्रवेशपत्र अनिवार्य छ।
एसईई दिएर बसेका विद्यार्थीले उक्त टुर्नामेन्टमा सहभागिता जनाउन पाउने छन् ।
टुर्नामेन्टमा विजेता हुनेले १५ हजार रुपैयाँ नगद पुरस्कारसँगै सोही कलेजमा अध्ययन गर्दा मासिक शुल्कमा १०० प्रतिशत छात्रवृति, दोस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार र मासिक शुल्कमा ७५ प्रतिशत छात्रवृत्ति एवम् तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार र मासिक शुल्कमा ५० प्रतिशत छात्रवृति पाउने कलेजले जनाएको छ ।
टुर्नामेन्टमा सहभागी हुन चाहने विद्यार्थीका लागि नाम दर्ता गर्न कलेजले आह्वान समेत गरेको छ ।
प्रतिक्रिया 4