+

विश्वकपमा इंग्ल्यान्ड र भारत : बुमराह, आर्चर, कुलदीप र आदिलको ओभर निर्णायक

२०८१ असार  १३ गते १४:४७ २०८१ असार १३ गते १४:४७
विश्वकपमा इंग्ल्यान्ड र भारत : बुमराह, आर्चर, कुलदीप र आदिलको ओभर निर्णायक

१३ असार, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल आज साँझ ८ : १५ मा गयानामा सुरु हुनेछ । यस विश्वकपमा टोलीको जितमा बलरको प्रदर्शन निर्णायक बन्दै आएको छ ।

इंग्ल्यान्ड र भारतको टोलीमा ब्याटिङ र बलिङमा म्याच विनर खेलाडीको कमी छैन ।

भारतमा रोहित शर्मा, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त र हार्दिक पान्ड्या ब्याटरको रूपमा छन् ।

इंग्ल्यान्डमा जस बटलर, फिलिप साल्ट, जोनी बेयरस्टो र लियाम लिभिङस्टोन लगायतका ब्याटर छन् ।

भारतका लागि जष्प्रित बुमराह र कुलदीप यादवको प्रदर्शन महत्वपूर्ण हुनेछ । इंग्ल्यान्डलाई भने जोफ्रा आर्चर र स्पिनर आदिल राशिदको प्रदर्शन निर्णायक बन्न सक्छ ।

भारतीय ब्याटरविरुद्ध जोफ्रा आर्चर र इंग्ल्यान्डको बलिङ टी–२० क्रिकेटका एक सर्वाधिक सफल ब्याटर रोहित शर्मा चलेको खण्डमा भारतलाई जित निकाल्न खासै कठिन पर्दैन ।

पछिल्लो खेलमा अष्ट्रेलियाविरुद्ध ९२ रनको इनिङ राम्रो उदाहरण हो । रोहित टी–२० खेलमा जोफ्रा आर्चरविरुद्ध ६ इनिङमा १७ रन बनाउँदा ३ पटक आउट भएका छन् ।

रोहित स्पिनर मोईन अलीसँग ४ इनिङ खेल्दा २१ रन जोड्दै २ पटक आउट भएका छन् । अर्का स्पिनर आदिल राशिदविरुद्ध उनी ६ इनिङमा ६० रन बनाउँदा १ पटक आउट भएका छन् ।

तीव्र गतिका बलर रिस टोप्लीसँग रोहित ३ इनिङमा २० रन बनाउँदा १ पटक आउट भएका छन् ।

विराट कोहली तेस्रो नम्बरबाट यस विश्वकपमा ओपनिङ गरेका छन् । विराटको लय यस विश्वकपमा राम्रो छैन ।

इंग्ल्यान्डका दुई स्पिनर आदिल र मोईन अलीविरुद्ध त्यति राम्रो इतिहास छैन । अलीविरुद्ध ६ इनिङमा कोहली २६ रन तथा आदिल राशिदसँग ९ इनिङमा ७२ रन जोड्दै २–२ पटक आउट भएका छन् ।

हार्दिक पान्ड्यालाई जोफ्रा आर्चरले १० खेलमा ५१ रन दिदा ३ पटक आउट गरेका छन् । आर्चरसँग ६ इनिङमा सूर्यकुमार यादव २८ रन बनाउँदा १ पटक आउट भएका छन् ।

बटलबरविरुद्ध बुमराह बटलर इंग्ल्यान्डका प्रमुख ब्याटर हुन् । उनी पनि इंग्ल्यान्डको एक्लै खेल जिताउन सक्ने खुबी भएका ब्याटरमा पर्दछन् ।

बुमराहले प्राय खेलमा पावर प्ले र डेथ ओभरमा २–२ ओभर बलिङ गर्दै आएका छन् । बुमराहको १२ खेलमा ८२ बल खेल्दा ७१ रन बनाउँदै बटलर ४ पटक आउट भएका छन् ।

त्यस्तै बटलर कुलदीप यादवको ६३ बलमा ८७ रन बनाउदा तीन पटक आउट भएका छन् । कुलदीपले मध्यक्रममा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । सन् २०२२ यता कुलदीपले मध्यक्रममा ६.०२ इकोनमीमा २५ विकेट लिएका छन् । अफगानिस्तानका राशिद खान ६.०० को इकोनमीमा ४३ विकेटपछि कुलदीप दोस्रो स्थानमा छन् ।

टी–२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय