+

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ भोलि दक्षिण कोरिया जाँदै

२०८१ असार  १३ गते १४:४८ २०८१ असार १३ गते १४:४८
खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ भोलि दक्षिण कोरिया जाँदै

१३ असार, काठमाडौं। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ खेलकुद विकास भ्रमणका लागि शुक्रबार कोरिया जाने भएका छन् ।

उनी दक्षिण कोरियाका संस्कृति, पर्यटन तथा खेलकुदमन्त्री यू इन चोनको निमन्त्रणामा कोरिया जान लागेका हुन् ।

भ्रमणमा सोमबार कोरियाका संस्कृति पर्यटन तथा खेलकुद मन्त्रीसँग भेट्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै उनले कोरियामा कोरियन एन्टी डोपिङ एजेन्सी, कोरिया ओलम्पिक कमिटीको भ्रमण र अध्यक्षसँगको भेटवार्ता, खेलकुद विश्वविद्यालय भ्रमण तथा नेपालको सम्भाव्यता र अन्य कुराहरुमा छलफल हुने मन्त्रालय स्रोतले बताएको छ ।

६ दिने भ्रमणका लागि दक्षिण कोरिया भ्रमणमा जान लागेका उनी अर्को शुक्रबार मात्रै नेपाल फर्किनेछन् ।

दक्षिण कोरिया विराजभक्त श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय