+
+

४७ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो, फाइनान्समा उच्च गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १५:१३

१३ असार, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार अधिकांश कम्पनीको सेयर भाउ घटेको छ । कारोबारमा आएकामध्ये ४७ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने ११ को स्थिर रह्यो ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८.२४ अंक घटेको छ । सो अंकको कमीपछि २०५१ अंकमा कायम भएका ेछ । कुल ३ अर्ब ७१ करोडको कारोबार भयो । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएको थियो ।

फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.२३ प्रतिशत (५५ अंक) घट्यो । बैंकिङ ०.०९ तथा अन्य समूह १५ अंक बढे । व्यापार ४०, निर्जीवन बीमा ७०, माइक्रोफाइनान्स ४३, उत्पादन ७५, जीवन बीमा ९९, हाइड्रोपावर ११, होटल तथा पर्यटन २७ र विकास बैंक समूह १७ अंक घटे ।

त्रिशूली जलविद्युत्को मूल्य सबैभन्दा धेरै ७ प्रतिशत बढ्यो । मैलुङखोला जलविद्युतको ५.६, माण्डु हाइड्रोपावरको ३.८, हिमालयन पावरको ३.७, माउन्टेन हाइड्रो नेपालको ३.७ प्रतिशत मूल्य बढ्यो । मूल्य धेरै बढ्नेमा बैंक तथा वित्तीय संस्थाका ऋणपत्र पनि अगाडि रहे ।

नेपाल फाइनान्सको मूल्य १० प्रतिशत घटेको छ । शिवश्री हाइड्रोको ७.८, स्वेतगंगा हाइड्रोको ३.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, युनाइटेड इदी मर्दी, पोखरा फाइनान्स र जानाकी फाइनान्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?